विश्वको आर्थिक वृद्धिको प्रक्षेपण बढ्दा नेपालको किन घट्यो ?
५ वैशाख, वासिङ्टन डीसी (अमेरिका) । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले ४ बैशाखमा विश्वको आर्थिक परिदृश्य (वर्ल्ड इकोनोमिक आउटलुक) सार्वजनिक गर्दै विश्वको आर्थिक वृद्धि यो वर्ष सन् २०२४ मा ३.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । ६ महिनाअघि अक्टोबर २०२३ मा गरेको प्रक्षेपणभन्दा यो निकै उत्साहप्रद हो ।
गत अक्टोबरमा विश्वको आर्थिक वृद्धि सन् २०२४ मा २ दशमलव ९ प्रतिशत मात्रै हुने प्रक्षेपण आईएमएफको थियो । यसपटक विश्व अर्थतन्त्रको अवस्था देखाउने प्रतिवेदन सार्वजनिक गर्दै आईएमएफले यही वर्षबाट विश्व अर्थतन्त्र कोभिड अघिको सामान्य अवस्थामा फर्कने पनि जनाएको छ ।









प्रतिक्रिया